दिनभरि पानी परिरहन्छ
A collection of Nepali poems
तुलसी आचार्यका प्रस्तुत सङ्कलनका कवितामा जीवनका अनेकौंँ आयामहरूको मार्मिक र भावनात्मक चित्रण भएको छ । बाआमाको पहिरनको स्मृति र आफ्नो बालकले उजागर गरेका पुस्तान्तरका सम्झनामा लेखिएका कविताहरूबाट आरम्भ भएको सङ्ग्रहले विषयहरूको प्रयोगात्मक संयोजन गरेको छ । तिनमा बा र हजुरबाको, "आमाका भोगाइ"हरू अनि देशको सम्झनाको अत्यन्त मार्मिक प्रकारले प्रयोग गरिएको छ । कविताका विषयहरू साधारणदेखि लिएर अधिकाव्यिक, दार्शनिक र मातृभूमिजन्य शीर्षकहरूमा फैलिएका छन् । स्मृति र प्रणयरागको प्रयोग अनि आफू सम्प्रति कालमा बसेको भूमि जर्जियाले दिएका काव्यिक क्षणहरूमाथिका उद्गार यो सङ्कलनका कविताको अर्को सुन्दर पक्ष हो । नेपालमा आफ्नी पत्नीलाई लेखेको पत्र र नेपाल भूमिको स्मृतिसँग जोडिएर लेखिएका कविताहरू मार्मिक र आकर्षक छन् । केही गद्यात्मक शैलीमा अनि कङ्क्रिट पोइट्रीको शब्दचित्रजन्य प्रयोग गरी लेखिएका कवितामा आचार्यको काव्यसाधनाको फराकिलो पक्ष भेटिन्छ । समग्रमा, योे जीवनका सहज, चुनौतीपूर्ण र भावात्मक पक्षमा लेखिएका पठनीय कविताहरूको सङ्कलन हो ।
– डा. अभि सुवेदी
Critical Praise & Endorsements
""प्रयोग, प्राप्ति र लेखकीय पहिचान सहितको कविता""
— डा. नवराज लम्साल""समाज, समय, मान्छे, वैश्विक परिवेश तथा अनुभूतिलाई संवेदनात्मक किसिमले प्रस्तुत गर्ने विशिष्ट कला""
— प्रा.डा. लक्ष्मणप्रसाद गौतम""संक्षिप्तता, प्रभावकारिता र कलात्मक उच्चता सहितको कविता""
— कवि भुपिन""प्रतिनिधि प्रयोगधर्मी कवि""
— राजकुमार बानियाँ""प्रकृति र मानवताको समन्वयबाट प्रस्फुटित कविता""
— डा. गीता त्रिपाठी, कवि तथा समालोचक""सामान्य र गहन परिघटनालाई पालुवाभन्दा कोमल रूप दिई काव्यिक बान्कीमा रूपान्तरण गर्ने कवि ।""
— Review"- सुदेश सत्याल"
— Review""परदेशका पीडा, घरदेशका नोस्टाल्जिया र निजात्मक अनुभुतिको गहकिलो कोलाज""
— Review"- राधिका कल्पित"
— Review